-->
पुग्यो नेपाल एयरलाइन्सको चार्टर विमान अफगानिस्तान बिमानस्थलमा
Advertisement

सरकारले सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव ल्याउन पठाएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान अहिले अफगानिस्तानको राजधानी काबुलमा पुगेको छ । त्यहाँको स्थानीय समय अनुसार बिहान ६:३० मा बिमान काबुलको अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो बिमान शव लिएर बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।

साथै नेपाल सरकारले त्यहाँ रहेका र नेपाल फर्कन चाहनेहरुले काबुल पुगेका कार्यवाहक राजदूतलाई मोबाइल नम्बर +923045441953 वा इमेलः nepem@comsats.net.pk र eonislamabad@mofa.gov.np सम्पर्क गर्न पनि अपिल गरेको छ

RNAC-Kabul


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.