शव लिन जहाज अफगानिस्तान गयो, नेपाल आउन इच्छुक नेपाली कामदारसहित बिमान आजै
बिहान काठमाण्डौं आइपुग्ने
Advertisement
![]() |
आत्मघाती बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव लिन नेपाली टोली अफगानिस्तान गएको छ । आज बिहान ३ बजे मेडिकल टोलीसहित नेपाली सेनाका चार जना, नेपाल प्रहरीका तीन जना, गृह मन्त्रालयका एक जना, परराष्ट्र मन्त्रालयका एक जना र वैदेशिक रोजगार प्रवर्धन बोर्डका एक जना नेपाल वायु सेवा निगम (नेवानी) को विमान चार्टर गरेर अफगानिस्तान गएको विमानस्थल कार्यालयले जनाएको छ । टोली काबुल पुगेर आजै बिहान फर्कने कार्यतालिका रहेको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिनुभयो ।
NACपरराष्ट्र मन्त्रालयले विमानको क्षमताले भ्याएसम्म अफगानिस्तानमा रहेका स्वदेश आउन इच्छुक नेपालीलाई ल्याउने जनाएको छ । मन्त्रालयका अनुसार निगमको ठूलो विमान चार्टर गरेकाले त्यसमा १२ शवसँगै घाइते र नेपाल आउन इच्छुक नेपाली कामदारलाई समेत ल्याउन सकिने छ ।
यस्तै अफगानिस्तान घटनाका घाइते कृष्णबहादुर देउजा र मानबहादुर थापालाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ । मन्त्रालयले घाइतेका शीघ्र उपचार, शव छिटो नेपाल ल्याउने र त्यहाँ रहेको नेपालीको सुरक्षा सुनिश्चित गराउने सरकारको प्राथमिकता रहेको जनाएको छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...