Advertisement
![]() |
एकसाथ यस्ता खाना खाँदा तपाइंको ज्यानै जान सक्छ केहि खानेकुराहरु एकसाथ खानाले हाम्रो स्वास्थयलाइृ नराम्रो असर गर्छ । जसको नकारात्मक असरका कारण हामी बिरामी पनि पर्छौ । आज हामी सात खानेकुरा जुन एक साथ खानु हुदैन ।
खानापछि फलफूल
फलफूलमा हुने सुगर जुन पचाउन सायम लाग्दैन । प्रोटीन, स्टार्च र फ्याटले भरिपूर्ण फलफूलहरु पचाउन निकै समय लाग्छ । खानापछि फलफूल खायौ भने हाम्रो पेटमा फलफूलमा भएको सुगर हाम्रो पेटमा रहिरहन्छ र हाम्रो स्वास्थ्यमा नोकसान पुर्याउँछ । तर खाना खानुभन्दा पहिले भने हामी फलफूल खान सक्छौ । तर पूर्णरुपमा खाली पेटमा कहिल्यै पनि फलफूल खानुहुदैन ।
चिज पास्तामा टमाटर
टमाटरमा भएको एसीड र पास्तामा भएको स्टार्ची काब्र्सको कम्बीनेसन राम्रो हुदैन । झन यसमा चिज मिलाएर खायौ भने हामीले पचाउन पनि सक्दैनौ । पेस्टो सस र सागसब्जीसँग पास्ता खानु उपयुत्त हुन्छ ।
दहीसँग फलफूल
आयुर्वेदका अनुसार दहीसँग मेवा , अनार लगायतका फलफूल खानाले शरिरमा टक्सीन्स पैदा हुन्छ । जसले रुघाखोकी र एलर्जी हुने गर्छ । दहीसँग यी फलफूल खानबाट बच्ने गर्नुहोस् । तर हामी दहीसँग केरा भने खान सक्छौ । जसमा चिनी , दालचिनी र किसमिस पनि मिलाउन सकिन्छ ।
बोडी र चिज
चिज र बोडीलाई एक साथ मिलाएर कहिल्यै पनि नखानुहोस् । यसलाई सँगै खादा पेटमा ग्यास भरिने र ब्लोटीङ को समस्या हुन्छ ।
दुध र केरा
दुध र केरालाई पनि कहिल्यै सँगै नखानुहोस् । आयुर्वेदमा यसको कम्बीनेशन राम्रो मानिदैन । जसलाई डाईजेशनको समस्या छ उनीहरुले त झनै बिर्सेर पनि खानु हुदैन । तर दुधसँग केरालाई मजाले पकाएर खानुभयो भने राम्रो हुन्छ । यसमा अलाईची पनि हाल्नुहोस् जसले स्वाद बढाउँछ ।
ग्रिल्ड चिल्ड सेन्डवीच
यी दुई खानेकुरा सँगै खानले डाईजेशनको समस्या हुन्छ । प्रोटीन र ग्लुकोज दुवैको लागी डाईजेशनको लागी भिन्दा भिन्दै ईन्जाईमको आवश्यकता पर्छ । जब हामी यी दुईलाई एक साथ खान्छौ हाम्रो शरिरले पहिले प्रोटीनलाई डाईजेस्ट गर्छ । यो अवस्थामा ग्लुकोज नपचेरै लामो समयसम्म हाम्रो पेटमा नै रहन्छ ।
यसको लागी हामीले एक उपाय भने अपनाउन सक्छौ । सैन्डविचको ठाउँमा चिजलाई हरियो सलादसँग खानाले डाईजेशन राम्रो हुन्छ ।
दलिय खानेकुरा र सुन्तलाको जुश
फलफूलमा भएको एसिडले दलीय खानेकुरा या कार्नफ्लेक्स जस्ता खानेकुरामा पाउने डाईजेस्टीव स्टार्चसँग मिलेर त्यसलाई बिगार्छन् । ओटमिलमा दुध पनि हुन्छ । दुधसँग एसीडको कम्बीनेसनले हाम्रो शरिरलाई नोक्सान गर्छ ।
यदि तपाई सुन्तलाको जुश पिउन चाहानुहुन्छ भने खनान खानु भन्दा आधा घण्टा पहिले पिउने गर्नुहोस् ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...