-->
विश्वका पाँच सुन्दर ठाउँ, जहा २४सै घण्टा सूर्य चम्किरहन्छ
Advertisement

सुन्दा केहि अचम्म लाग्न सक्छ, तर सत्य यही हो कि विश्वामा केही यस्ता ठाउँ छन्, जहाँ २४ सै घण्टा घामको प्रकाश रहन्छ अर्थात् अध्यारो हुँदैन । पृथ्वीले सूर्यको वरिपरि चक्कर लगाउने तरिक यस्तो छ, कि पृथ्वीको कुनै भागमा सँधै सूर्यको उज्यालो रहिरहन्छ । जसका कारण यी देशका केही ठाउँमा २४ सै घण्टा उज्यालो रहन्छ ।

नर्वे – यो देश अर्काटिक घेरको भित्र पर्दछ । नर्वेलाई मध्यरात्रिको देश भनेर पनि चिनिन्छ । मेदेखि जुलाइको बिचको करिब ७६ दिनसम्म यहाँ सूर्य अस्ताउँदैन । त्यसो त नर्वेको एक सहर पनि छ जहाँ एक सय बर्षसम्म सूर्य नै देखिएन । उक्त सहर पहाडै पहाडले घेरिएको छ । यद्यपी, इन्जिनियरहरुले एकतिर अनौठो प्वाल बनाए र सिसाको मद्दतले नयाँ सूर्य नै बनाए । काँच(सिसा)लाई यस्तो तरिकाले राखिएको छ, जहाँबाट सूर्यको किरण पहाडले घेरिएको सहरसम्म पुग्छ । त्यस सहरमा दिनको समयमा मानिसको राम्रै भिड लाग्ने गर्दछ ।

क्यानाडा – विश्कै दोस्रो ठूलो देश क्यानाडामा धेरै जसो समय हिउँले ढाकिरहेको हुन्छ । तर, यस देशको उत्तर–पश्चिमी भागमा गर्मीको समयमा ५० दिनसम्म २४ सै घण्टा सूर्य चम्किरहन्छ ।

आइसल्यान्ड – ‘ग्रेट ब्रिटेन’ पछि यूरोपको सबैभन्दा ठूलो आइसल्यान्ड हो । यहाँ मे महिनाको १० तारिखदेखि जुलाइको अन्त्यसम्म सूर्य अस्ताउँदैन । यस ठाउँमा ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन् ।

अलास्का – अलास्कालाई सुन्दर हिमनदीको देश भनेर चिनिन्छ । यहाँ पनि मे महिनादेखि जुलाइबीचको १४४० घन्टाको एक दिन हुन्छ । किनभने, १४४० घन्टासम्म सूर्य अस्ताउँदैन ।

फिनल्यान्ड – हजारौँ ताल र टापुले सजिएको यस देश अत्यन्तै सुन्दर र आकर्षक छ । गर्मी मौसममा यहाँ करिब ७३ दिनसम्म सूर्यले आफ्नो प्रकाश छरिरहन्छ । – एजेन्सीको सहयोगमा



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.