बिहारमा चट्याङ लागेर २९ जनाको मृत्यु
Advertisement
![]() |
असार ८ – भारतको बिहारमा चट्याङ लागेर २९ जनाको ज्यान गएको छ । बिहारका विभिन्न जिल्लामा परेको चट्याङ लागेर उनीहरुको ज्यान गएको त्यहाँको विपद न्यूनिकरण विभागले जनाएको छ ।
विभागका अनुसार पटनामा ६ जना तथा नालन्दा र खौरन्गाबादमा चार/चार जनाको ज्यान गएको हो । यस्तै भोजपुर, बक्सर, रोहतास र केमुर जिल्लामा तीन/तीन तथा मुंगेरमा दुई जना र गयामा एक जनाको चट्याङ लागेर ज्यान गएको हो ।
ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चार/चार लाख भारतीय रुपैयाँ दिइएको बिहार सरकारले जनाएको छ । चट्याङ लागेर ९ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...