-->
अफगानिस्तानमा मारिएका नेपालीको शव ल्याउन सरकारले जहाज पठाउने
Advertisement

काठमाडौं, ७ असार । सरकारले अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आत्मघाती आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र घाइतेहरु ल्याउन जहाज पठाउने भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शव लिन र घाईतेहरुलाई स्वदेश ल्याउनका लागि जहाज पठाउने निर्णय भएको जानकारी दिए ।launea
जहाज आजै काबुल जाने र त्यसको आवश्यक तयारी भइरहेको मन्त्री थापाको भनाई छ ।
सोमबार विहान अफगानिस्तानमा नेपाली सुरक्षागार्ड सवार मिनीबसमा हमला हुँदा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
घाइतेको उपचार भइरहेको छ ।
dainiknepal



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.