दलाई लामाको इच्छा विपरित ओबामाले भने ‘स्वतन्त्र तिब्बतलाई समर्थन गर्न सक्दैनौँ’
Advertisement
![]() |
एजेन्सी । अमेरिकाले स्वतन्त्र तिब्बतलाई समर्थन नर्गने उद्घोष गरेको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले तिब्बतलाई चीनको अभिन्न अंग मानेको भन्दै अमेरीकाले तिब्बतलाई स्वतन्त्र रुपमा आँफुहरुले स्विकार्न नसक्ने बताएका छन् । ह्वाइट हाउसमा बाराक ओबामा र दलाई लामाको भेट भए लगत्तै विदेशमन्त्री केरीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
अमेरिकी राष्ट्रपति ओबामाले तिब्बती नेता लामालाई भेटेको विषयलाई लिएर चीनले असन्तुष्टि व्यक्त गरेपछि अमेरीकाले चीनको पक्षमा अभिव्यक्ति दिएको अनतराष्ट्रिय संचारसंस्थाहरुले उल्लेख गरेका छन् । सो अवसरमा केरीले तिब्बत सम्बन्धमा अमेरिका सधैं एक चीनको पक्षमा रहेको बताएका थिए ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...