-->
युद्धको खतराः यी ९ देशबीच युद्ध भए संसार खरानी बन्नेछ
Advertisement

२१ असोज, एजेन्सी ।भारत र पाकिस्तानबीच यतिबेला युद्धको चर्चा छ । त्यस्तै चर्चा छ अमेरिका र रुसबीच पनि । रुसले त आफ्ना दशौं लाख नागरिकलाई आणविक हतियारको आक्रमणबाट बच्ने ड्रिल गराइरहेको छ । यी आणविक हतियारधारी देशबीचको तनावले अव विश्वमा तेश्रो विश्व युद्धको बादल मडारिएको कतिपयको भनाइ छ ।

रुसी सैनिक विश्लेषक पाभेल फेल्गेनहाउरले अव विश्वमा परमाणु यद्धको सम्भावना बढेको बताएका छन् । नेटोको मुख्य नेतृत्वकर्ता अमेरिका र त्यसको मुख्य प्रतिद्वन्दी संसारमै सबैभन्दा धेरै आणविक हतियार छन् ।

hydrozen bomb

अहिले अमेरिका र रुसको भण्डारमा रहेका हइड्रोजन बमले संसारका ठूला ठूला शहरलाई एकै सेकेण्डमा भग्नावशेषमा परिणत गरिदिन सक्छन् । हिरोसिमा र नागासाकीमा खसालेको बमले उत्पन्न गरेको रेडियो विकिरणले कम्तिमा ६ करोड मानिस मारिएका थिए । यो भन्दा भयानक हुने हाइड्रोजन बमले यस्ता करोडौं मानिसलाई खरानी बनाउन सक्छन् ।

संसारका कुन् कुन् देशसँग छ आणविक हतियारः

१-रुसः
संसारमा सबैभन्दा बढी आणविक हतियार भएको देश रुस हो । रुससँग ८००० भन्दा बढी आणविक हतियार सक्रिय छन् भने ४५०० भण्डारमा छन् । त्यस्तै रुसले क्षेप्यास्त्र र अवाइ अखडामा गरेर १९४८ तैनाथ गरेको छ ।

russia army weapons expo 133095513

२- अमेरिकाः
अमेरिका एक मात्र यस्तो देश हो जसले अहिले सम्म परमाणु हतियारको प्रयोग गरिसकेको छ । अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । अमेरिकासँग अहिले ७३०० परमाणु हतियार छन् ।

russia army weapons expo 164772213

३- फ्रान्सः
युरोपमा सबैभन्दा बढी आणविक हतियार हुने देश फ्रान्स हो । फ्रान्ससँग ३०० परमाणु हतियार छन् ।

france cruise missile (2)

४- चीनः
चीनको स्थल सेना संसारकै शक्तिशाली सेना हो । आर्थिकरुपमा सशक्त चीनसँग २५० परमाणु बम छन् ।

China 70 anniversary of world war II army (4)

China Weapons 1

५-ब्रिटेनः
अमेरिकाको सहयोगी देश मानिने बेलायतसँग २२५ परमाणु हतियार छन् ।

Weapon 9

६- पाकिस्तानः
भारतसँग टक्कर लिने दक्षिण एसियाली छिमेकी पाकिस्तानसँग १०० देखि १२० सम्म परमाणु बम भएको विश्वास गरिन्छ ।

Pakistan weapons 9

७- भारतः
परमाणु हतियारको मामिलामा भारत पाकिस्तान भन्दा पछि छ । भारतसँग करिव ९० देखि ११० परमाणु बम भएको विश्वास गरिन्छ ।

india-missile-test

८- इजरायलः
संसारमा परमाणु सामर्थ्य भएको मुलुक इजरायल पनि हो । इजरायलसँग ८० परमाणु बम छन् ।

Photo:AFP
Photo:AFP

९- उत्तर कोरियाः
दक्षिण कोरिया देखि अमेरिका सम्मलाई खरानी बनाउने चेतावनि दिने उत्तर कोरिया पनि आणविक हतियार सम्पन्न देश हो । उत्तर कोरियासँग ६ परमाणु बम भएको विश्वास गरिन्छ।

north_korea_missile

१९७९ मा अमेरिकी कांग्रेसको प्रविधी कार्यालयले प्रकाशित गरेको ‘दि इफेक्ट्स अफ वार’ अर्थात ‘युद्धका प्रभाव’ एक रिपोर्टमा आणविक युद्ध शुरु भएमा हुने अवस्थाको चित्रण गरिएको थियो । यस्तो युद्धले बमबाट बँचे पनि दशौं लाख मानिस रेडियो विकिरणका लागि क्यान्सरबाट मर्ने उल्लेख छ । यस्तो युद्धको शुरुवातमा बाँचे पनि ८० प्रतिशत अमेरिकीहरु यस्तो प्रभावले नै मर्ने समेत उक्त रिपोर्टको भनाइ छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.