-->
घरमा सुखशान्तिको लागि वास्तु टिप्स
Advertisement

काठमाडौं,२७ असोज– सुखशान्तिको लागि तपाइँको व्यवहार राम्रो हुनुका साथै घरको वास्तु पनि उतिकै मिल्नु जरुरी छ । घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर बनाउनुभन्दा अगाडि वास्तुका अनुसार नापनक्शा गर्नु पर्छ । घर डिजाइन गर्ने आर्किटेक्टलाई वास्तु अनुसार घरको नक्शा डिजाइन हुनुपर्ने जानकारी गराउनुपर्छ ।

room

घर र कोठामा निम्न अनुसारको वास्तुविधि अपनाउनुस् ।

घरको मुलढोका
घरको मुलढोका दक्षिणतिर मोहडा बनाउनु हुँदैन ।

ऊँ को आकृति
घरको मुलढोकामा ऊँ को स्वस्तिक आकृति राख्नुपर्छ । यसले नकारात्म तरंगहरू घरभित्र प्रवेश गर्न पाउँदैन् ।

कलश राख्नुस्
घरको पूर्वदिशामा पानी भरेर कलश राख्नुपर्छ । यसले समृद्धिको संकेत गर्छ ।

झ्यालढोका
घरको झ्यालढोकाको निर्माण गर्दा सूर्यको किरण लामो समयसम्म कोठामा रहने गरी निर्माण गर्नपर्छ । यसले घरमा बिरामी ,रोगबाट मुक्ति मिल्ने गर्छ ।

ड्राइंग रूम
परिवारमा हुने झगडा कलहको शान्तीको लागि ड्राइंग रूममा फूलदानी राख्नुपर्छ ।

भान्छाकोठा
भान्छाकोठामा पुुजा सामाग्री वा देवीदेवताको मूर्ति राख्नु हुँदैन ।

बेडरूम

बेडरूममा देवीदेवता वा भगवानको तस्वीर भित्तामा टाँस्नुहुँदैन् । धार्मिक आस्थासँग जुडेका कुनै पनि सामाग्री बेडरूममा राख्नु हुँदैन् । तर प्राकृतिक सुन्दरता लगायतका तस्वीर भने राख्न सकिन्छ ।

पुजाकोठा
पुजाकोठा शौचालयको नजिक कहिले पनि राख्नु हुँदैन् ।

शौचालय
घरमा छिर्ने बित्तिकै शौचालयको निर्माण गर्नु हुँदैन्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.