बडादसैको अवसरमा साठी फिट लामो रावणको पुतला दहन गरियो
Advertisement
![]() |
असोज २६, महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा मङ्गलबार राति बडादसैको अवसरमा रावणको पुतला दहन गरिएको छ।
शङ्करचोक शिव तथा दुर्गा पूजा समारोह समितिको आयोजनामा रु दुई लाख १५ हजारको लागतमा ६० फिट लम्बाइ भएकोे रावणको पुतला निर्माण गरी रावण दहन गरिएको हो।
सांसदहरु रामदयाल मण्डल र चन्देश्वर झाले सो धार्मिक कार्यक्रमको शुभारम्भ गरेपछि पूजा समितिका उपाध्यक्ष रोशन सिंह र जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले रोकेटमा आगो लगाई रावण दहन गर्नुभएको हो।
कार्यक्रममा हजारौँको जनसहभागिता रहेको थियो। रासस
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...