Advertisement
![]() |
असोज, एजेन्सी ।भारत प्रशासित काश्मिरको पंपोरमा ६० घण्टादेखि चलेको लडाई समाप्त भएको र सो क्रममा दुई चरमपंथी मारिएको बतााइएको छ ।
६० घण्टासम्म लगातार चलेको लडाईमा दुई चरमपंथी मारिएको भए पनि आश्चार्य त यो छ कि यी दुईजनाले ठूलो संख्याका भारतीय सेनालाई ६० घण्टासम्म रोक्न सफल भएका हुन् ।
प्ंपोरको यो साततले भवनमा चरमपंथी लुकेका थिए र उनीहरूले पुरै भवनमा बारूद ओछ्याएका थिए । सेनाको शुत्रअनुसार अब पुरै भवनमा सेनाको नियन्त्रण र भवनभित्र सेना प्रवेश गरिसकेका छन् ।
एकजना चरमपंथीको सोमबार नै मृत्यु भएको थियो भने अर्का एकजना बुधबार मारिएका हुन् । ६० घण्टाको यो लडाईमा सेनाले ५० रकेट, मेशिन गन र सैयौं ग्रिनेड बमको प्रयोग गरेका थिए ।
लडाईको सुरुवातमै एकजना सेनाका जवान घाइते भएका थिए । त्यसपछि गतहप्ताको सर्जिकल स्ट्राइकमा संलग्न सेनालाई त्यहाँ खटाइएको थियो ।
यो लडाई श्रीनगरबाट १५ किलोमिटर टाढा रहेको ‘इन्टरप्रिमियर डेभलपमेन्ट इन्सिच्युट’ को भवनमा चलेको हो । यो भवनमा काश्मिरी युवालाई भोकेस्नल पाठ्यक्रमको प्रशिक्षण दिइन्छ । यो भवन तीन महिनादेखि बन्द रहेको थियो ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...