Advertisement
![]() |
सोज २६, काठमाडौं । धुर्मस पाँच महिनादेखि अविराम गिरानचौरमा कुटोकोदालो गरिरहेका छन् । गिरान्चौरको रातोमाटोसँग पौंठेजोरी खेलिरेहका उनका हात मंगलरबार अबेर साँझसम्म टीको लगाउन व्यस्त रह्यो । १८ महिनाअघि विनासकारी भूकम्पले क्षतविक्षत बनाएको गिरान्चौर उठाउन कस्सिएका उनको हातबाट टीका लगाउन गिरान्चौरबासी लालायित देखिँदा सीताराम कट्टेल धुर्मुस केहीबेर भावुक समेत बने ।
बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा उनले भने, “हाम्रो अभिभावक तपाईं नै हो भनेर बालकदेखि मैले आर्शीवाद लिनुपर्ने वयोवृद्धहरूसमेत लाममा बसेपछि मैले मन थाम्नै सकिनँ, केहीबेर भावुक भएँ म ।”
आफ्नो परिवारमा टीकाटालो गर्न नहुने भएपछि धुर्मुस् आफ्नो निधार खाली राखेर गिरान्चौरमा टीकाटालो गर्न कस्सिएका थिए ।
“आफ्नो घरमा टीका लगाउन नहुने भएपछि म दसैं अवधिभर यहीँ रहेँ,” धुर्मुस्ले अगाडि भने, “मैले टीका लगाइन तर बस्तीका सबैको निधारमा टीका लगाइदिएँ ।”
“बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म टीकाटालोमा व्यस्त रहेँ,” उनले थपे, “एकीकृत वस्ती उभ्याउन मरिमेटेर लाग्नुभएका मिस्त्री, मजदुरी गरिरहनुभएका र वस्ती अवलोकनका लागि आउनु भएकाहरू सँगै बस्ती बन्दै गरेका सम्पूर्ण घरपरिवारलाई टीका जमारा लगाइदिएँ, उहाँहरू औधी खुसी हुनुभयो ।”
एक सामुदायिक भवनसमेत गरी कुल ६६ घर निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनले दसैंमा समेत काम रोकेको छैन । “हामीले राति पनि काम रोकेका छैनौँ,” फाउन्डेसनका अध्यक्षसमेत रहेका धुर्मुस् भन्छन्, “यसरी मरिमेट्दा पनि निर्धारित समयमै बस्ती हस्तान्तरण गर्न सकेनौँ ।”
असोज १५ अर्थात् घटस्थापनाको दिनमा बस्ती हस्तान्तरण गर्ने भनिएता पनि निरन्तरको झरीले निमार्ण सम्पन्न गर्न नसकेपछि तिहारसम्ममा बस्ती बुझाउने लक्ष्य फाउन्डेसनको छ ।
हाल सबै घरको धुरी छाउने काम सकेर रंगरोगन र धारबत्तीको काम भइरहेको धुर्मुसले जानकारी दिएका छन् । बाह्रखरीबाट
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...