Advertisement
![]() |
क्वालालम्पुर । दुर्घटनामा परेको ४४ दिनसम्म अस्पतालमा रहेका नारायणस्थान ५ काभ्रेका पुर्ण सिं लामा मंगलबार नेपाल फर्किएका छन् ।गएको नोभेम्वर २९ तारिखका दिन पेनाङको रजौरा भन्ने ठाउँमा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनापछि अचेत रहेका उनलाई स्थानीय प्रहरीले उद्धार गरेर पेनाङको सिव्रानजया अस्पतालमा पुर्याएको थियो ।
अस्पतालमा लागेको केही खर्च साथीभाइहरुले उठाएर तिर्दै आएका थिए । अस्पतालमा करिब सवा तीन लाख रुपैयाँ खर्च भएकामा कुटनीतिक पहलमा अस्पतालले केही रकम छुट दिएको श्रोतले बतायो ।नेपाल फर्काउनका लागि गैरआवासीय नेपाली संघका पूर्व आईसीसी सदस्य भवानी शंकर तिवारीले पहल गरेका थिए ।
क्वालालम्पुरबाट करिब चार सय किलोमिटर टाढा रहेका लामालाई भेट्न तिवारी बारम्बार अस्पताल जाने र उनको बारेमा आफन्तहरुलाई जानकारी गराउँदै आएका थिए । उनले भने, ‘नेपाल रहेका आफन्तहरुले टिकट उपलब्ध गराएपछि नेपाल फर्काइएको हो ।’लामा ३१ महिना अगाडि रोजगारीको लागि मलेसिया आएका थिए ।एक हप्ता अगाडि मात्रै भोजपुरका गणेशबहादुर खड्का पनि यसैगरी नेपाल फर्किएका थिए ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...