काबुल आक्रमणमा मारिएकाको शव र घाइते लिन सरकारले जहाज पठाउने
Advertisement
![]() |
काठमाडौं, ७ असार– अफगानिस्तानको राजधानी काबुलमा भएको आतंककारी आक्रमणमा घाइते भएका र मारिएका नेपालीहरुको शब लिन सरकारले जहाज पठाउने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले ट्वीट् गर्दै उक्त जानकारी गराएका हुन् ।
ट्वीटमा भनेका छन्, ‘अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीहरुको शव र घाईतेहरु लिन सरकारले नेपालबाट जहाज पठाउने निर्णय गरेको छ । त्यसको आवश्यक तयारी हुँदैछ ।’
सोमवार बिहानको काबुल आक्रमणमा मारिनेमा १२ जना नेपाली नागरीक भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मारिने अन्य दुइ भारतीय मुलका नागरीक भएको मन्त्रालयको आशंका छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...