-->
पक्राउ पर्नेमध्येका एक प्रधानमन्त्रीकै दाँतका डाक्टर
Advertisement

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेका ३६ मध्ये एक प्रधामन्त्री केपी ओलीका दाँतको उपचार गर्ने डाक्टर रहेका छन् । गएको फागुनमा मात्रै ओलीको अगाडीपट्टीको तल्लो भागको दाँत बढी धारिलो भई जिब्रोलाई घाउ बनाउन थालेपछि उपचार भएको थियो । उक्त उपचारको नेतृत्व पक्राउ परेका ३६ डाक्टर मध्येका एक बुद्धिमान श्रेष्ठले गरेका थिए ।

पक्राउ पर्नेमध्येका एक प्रधानमन्त्रीकै दाँतका डाक्टर

बालुवाटारमै मुख तथा दन्त स्वास्थ्य परीक्षण गरेको उनको समूहले दाँतको धारिलो भाग मुडाउने (ग्रान्डिङ) गर्ने काम सहित तल्लो भागको देब्रे पट्टीको बंगरामा स्थायी फिलिङ गर्ने तथा दायाँ तर्फ माथिपट्टीको दुईटा बंगरामा अस्थायी फिलिङ गरेको बताएको थियो ।

उनले प्रधानमन्त्रीलाई माथिल्लो भागको दोस्रो र तेस्रो बंगरा निकाल्नै पर्ने अवस्थामा भएको पनि बताएका थिए तर निकालेनन् । तत्काललाई अस्थायी फिलिङ गरिएको बताएका थिए ।

यति मात्रै होइन, उनी नेकपा एमालेको स्वास्थ्य विभागका सदस्य समेत रहेछन् । केही समयअघि मात्रै गठिन विभागमा उनलाई पनि सदस्य बनाइएको थियो ।

उपचारपछि प्रधानमन्त्रीसँग बुद्धिमान श्रेष्ठ

sajha page




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.