-->
डोटीमा पुनः बाढी, ३५ घर विस्थापित
Advertisement

डोटी, डोटीको तिलतालीमा सोमबार पुनः आएको बाढीले बस्तीमा क्षति पु¥याएको छ । डोटीको लाटामाडौँमा रहेको तिलतालीमा आएको बाढीका कारण केआई सिंह राजमार्ग समेत अवरुद्ध भएको थियो । सोमबार बिहानै परेको अविरल वर्षाका कारण आएको बाढी बस्तीमा छिरेपछि मानिसको भागाभाग भएको स्थानीय निलम विकले बताउनुभयो ।

बाढी बस्तीमा पसेलगत्तै गएको प्रहरी चौकी तिलतालीले बस्तीमा रहेकालाई सचेत गराउनका साथै उद्दार गर्न सहयोग पु¥याएको प्रहरी इन्चार्ज कर्णबहादुर घर्तीले बताउनुभयो । जेठमा आएको बाढीबाट त्रसित बनेका स्थानीय बाढी गाउँमा छिरेपछि आत्तिनुका साथै भागाभाग भएको थियो ।

बाढीबाट ३५ घर पूर्ण विस्थापित भएको र थप ३५ घर विस्थापित हुने सम्भावना भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताउनुभयो ।

सोमबार दिउँसो घटनास्थल पुगेको जिल्ला प्रहरीको टोलीले पीडित परिवारलाई ४५ वटा त्रिपाल वितरण गरेको छ । बाँकी २५ त्रिपाल धनगढीबाट आइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।

जेठ अन्तिम हप्ताको बुधबार आएको बाढीले तिलतालीमा करोडौँको क्षति पु¥याएको थियो । रासस

News24Nepal बाट



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.