-->
वागबजारमा युवतीमाथि छुरा प्रहार
Advertisement

काठमाडौँ, ८ असार, आज बिहान करिब ९ बजे बागबजारको पुरानो बसपार्क, नजिक अद्वेत मार्गमा एक युवती माथि छुरा प्रहार भएको छ । अन्दाजी २५ वर्षकी युवतीलाई अज्ञात व्यक्तिले छुरा प्रहार गरेको हो । घाइतेको अवस्था गम्भीर रहेको छ भने हाल ती युवतीको काठमाडौँको मोडल हस्पिटलमा उपचार सुरु गरिएको छ । 


प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक व्युटिपार्लरमा पार्लर सिक्न आउने जाने गरेकी ती युवती माथि छुरा प्रहार भएको हो । पार्लर भएकै घरको प्यासेजमा छिरेर अन्दाजी वर्ष ३२ का एक युवकले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घाइतेको ढाडमा छुरा प्रहार गरिएको स्थानीयले बताए । तर प्रारम्भिक चेकजाँचको क्रममा युवतीको छातीमा छुरा प्रहार भएको मोडल हस्पिटलका डाक्टर अशोक कुँवरले बताए । उनका अनुसार रगत धेरै बगेकोले विरामीको अवस्था गम्भीर रहेको छ । 


छुरा प्रहार गरेको देखेपछि स्थानीयले ति युवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए भने घाइतेलाई पनि स्थानीयले नै हस्पिटलसम्म पुर्याएका थिए । स्थानीयका अनुसार उनीहरु श्रीमान–श्रीमती नै भएको तर केही समयदेखि छुट्टिएर बसेका थिए । उनीहरु दोलखाका भए पनि नाम र पुरा ठेगाना थाहा नभएको स्थानीयले बताएका छन् । प्रहरीले घटना स्थल, घाइते र आरोपीको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.