-->
‘छुट्टी मनाएर गएको २२ दिनमै सदाका लागि छुट्टीयो’
Advertisement

असार ७, २०७३- नेपाल प्रहरीको असईबाट पेन्सन निस्किएपछि अर्चलबोट–९, साँखरका अमृतबहादुर थापा (गाउँमा अमृत सुयेल) मलेसिया गए ।

छोराछोरीलाई पढाउन र घरव्यवहार चलाउन पेन्सन र मलेसियाको जागिरले नपुग्ने भएपछि उनी ४ वर्षअघि अफगनिस्थानको काबुल गएका हुन् । लगभग दुई साता अघि मात्रै छुट्टीको एक महिना बिताएर कार्यस्थल अफगनिस्तानको काबुल फर्केका ५१ वर्षीय थापा घाइते भएको खबर सोमबार दिउँसो परराष्ट्र मन्त्रालयबाट श्रीमती दुर्गालाई आयो । त्यसपछि स्थानीयले उनको निधन भएको खबर सुने ।

काठमाडौंमा डिग्री पढ्दै गरेकी कान्छी छोरी विसु पनि घरमै थिइन् । साँझसम्म ‘हो’ या ‘होइन’ भन्ने दोधारमा पुगेका स्थानीयले अन्त्यमा उनको निधन भएको विभिन्न माध्ययमबाट आएको भन्दै सत्य भएको बताए । 

घरपरिवारबाट छुटेको १५/२० दिनमै थापाको तालीवानी आतंकवादीले गरेको आत्मघाती बम विष्फोटमा परेर निधन भयो । उनीसँगै ११ जना अन्य नेपालीले ज्यान गुमाए ।
 
‘यही जेठ १७ गतेमात्रै नेपाल छोडेका उनी अब शवको बाकसमा नेपाल फर्कनेछन्,’ उनका बालशखा रुपराज अधिकारीले भने, ‘छुट्टीमा आउँदा मसँग सँधै भेट हुन्थ्यो । नभेट्नु नै रहेछ, नभेटेरै नेपाल छोड्यो, नभेटेरै संसार छोड्यो ।’ 

उनका अनुसार अमृत ज्यादै मिलानसार थिए । परिवारका लागि निकै चिन्तित हुन्थे । ‘हामी एकदम मिल्ने साथी । जेठी छोरी रसुको विवाह मैले नै गरिदिएको हुँ ।’ अर्चलबोटस्थित लक्ष्मीनारायण माविका प्रधानाध्यापक भरत पौडेलका अनुसार छोरा मिरोज धरानमा एमबीबीएस पढ्दैछन् । अमृतका भाइ भारतीय सेनामा छन् । ‘अहिले छोराछोरी, ज्वाइँ, भाइ सबै गाउँ आउँदैछन्,’ उनले भने, ‘गाउँभरि सन्नाटा छाएको छ ।’

छिमेकी कुमारी परियारका अनुसार घरपरिवार र छिमेकीमा पुरै रुवावासी चलेको छ । ‘घरगाउँका धेरैले खाना समेत खाएका छैनन् । सबै शोकमा छन्,’ उनले भनिन्, ‘गाउँघरमै बित्दा र परदेशमा बित्दाको क्षण धेरै फरक हुने रहेछ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.