-->
शव र कामदार लिएर काबुलबाट विमान उड्यो
Advertisement

काठमाडौं, ८ असार । सोमबार आतंकवादी आक्रमणबाट ज्यान गुमाएका १२ जना नेपालीको शव र केही कामदारलाई लिएर अफ्गानिस्तानको काबुलबाट विमान नेपालका लागि उडेको छ ।

काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा पर्दा १२ जना नेपाली सहित १४ जनाको ज्यान गएको थियो । आफ्ना १२ जना नागरिकको शव लिन सरकारले बुधबार बिहानै नेपाल एयरलायन्सको विमान त्यस तर्फ पठाएको थियो ।
NA

ढिलो गरि उताबाट उडेको सो विमानले १२ जनाको शव र २४ जना कामदार लिएर स्वदेश लिएर आउँदैछ । शव र कामदार लिएर आइरहेको सो विमान अपरान्ह ३ बजे तिर काठमाडौंमा अवतरण गर्ने छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.