Advertisement
![]() |
सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी चीनले लगत्तै हुने आणविक सप्लार्यस समुहमा रहेका ४८ देशको बैठकमा भारतलाई यो समुहमा सामेल गराउने विषयको एजेण्डा प्रस्तुत नहुने खुलासा गरेपछि भारतलाई ठूलो झड्का लागेको हो ।
एक दिनअघि मात्र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले भारतलाई सो समुहमा राख्ने एजेण्डा चीनले नलाने विषयमा प्रक्रियागत कुरामा मात्र नमिलेको अरु मिलिसकेको घोषणा गरेकी थिइन् ।
चीनले भारत यो समुहमा आबद्ध हुने प्रस्तावको विरोध गर्दै आइरहेको छ । यद्यपि, यो विषयमा चीन र भारतले वार्ता समेत गर्दै आइरहेको छन् ।
केही दिनअघि अमेरिका भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँग यो विषयमा गम्भीर छलफल समेत गरेका थिए ।
भारतलाई अमेरिकाले यो समुहमा समावेश गर्न समर्थन समेत दिइसकेको छ । आणविक सप्लायर्स समुहको गठन सन् १९७४ मा भएको थियो ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...