Advertisement
![]() |
हरेक दुईजना शिशुमध्ये एक जनालाई जन्मेको एक हप्ताभित्र जन्डिस देखिन सक्छ । बिलिरुबिनको मात्राअनुसार आँखामा मात्र वा शरीरको अन्य भाग पहेँलो हुन सक्छ । अधिकांश अवस्थामा यो हानिरहित हुन्छ । गर्भावस्थामा हुने रगत टुक्रिएर नयाँ रगत बन्ने क्रममा बिलिरुबिनको मात्रा बढ्छ र बिलिरुबिनलाई शरीरबाट फाल्ने प्रक्रिया विकसित नभएको हुनाले जन्डिस देखिन्छ । सामान्यतया जन्मिएको तीन दिनपछि देखिएको जन्डिस हानिकारक हुँदैन । यो उपचारबिना पनि आफैँ ठीक हुन्छ ।
यस्तो जन्डिसलाई फिजियोलोजिकल जन्डिस भनिन्छ । यो २–३ हप्तामा आफैँ ठीक हुन्छ । आमाले खाने खानासँग यसको सरोकार हुँदैन । दूध खुवाउने आमाले साबिकभन्दा बढी र पोषिलो खाना खानु पर्छ । अण्डा, दही, दूध, माछा, मासु खानुपर्छ । शिशुको जन्डिस सधैँ सामान्य हुन्छ भन्ने होइन ।
किटाणुको संक्रमण, पाचन प्रणालीको जन्मजात समस्या, रगतसम्बन्धी जन्मजात समस्या आदि हुँदा पनि जन्डिस देखिन सक्छ । यस्तोमा जन्डिस कडा हुन्छ र उपचारको जरुरत पर्छ । तर, यस किसिमको जन्डिसमा पनि आमाले खाने खानासँग यसको सरोकार हुँदैन । शिशुलाई जन्डिस हुँदैमा आमाले मुख बार्नु पर्दैन । आमाले पौष्टिक खाना नखाँदा बच्चालाई फाइदा हुन्न बरु आमा र बच्चा दुवैलाई नोक्सान मात्र हुन्छ । स्वास्थ्य खबरपत्रिका
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...