Advertisement
![]() |
असोज, एजेन्सी । थाइल्याण्डका राजा पूमिपोन अदून्यदेतको निधन भएको छ। उनी ८८ वर्षका थिए।
थाइल्याण्डको राजदरबारले बिहीबार ‘सहजरुपमा’ राजा अदून्यदेतको निधन भएको जनाएको छ। स्थानीय समय अनुसार दिउँसो ३ बजेर ५२ मिनेटमा उनको निधन भएको बताइएको छ।
‘सिरिराज अस्पतालमा मौसुफ सरकारको सहज निधन भएको छ,’ राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ। केहीबेरमा त्यहाँको संसदको विशेष बैठक डाकिएको छ। राजाको निधनपछि थाइल्याण्डका प्रधानमन्त्रीले आगामी ३० दिनसम्म उत्सवका कुनै कार्यक्रम नगरिने बताएका छन्।
विश्वमै सबैभन्दा बढी शासन गरेका राजा अदून्यदेत गत वर्षको अधिकांश समय अस्पतालमै बिताएका थिए। सन् १९४६ मा उनी गद्दीसीन भएका थिए। उनले ७० वर्षसम्म शासन गरेका थिए। राजा अदून्यदेतप्रति थाइल्याण्डका धेरै जनताले निकै श्रद्धा राख्दथे। यसअघि आइतबार राजदरबारले उनको स्वास्थ्य अवस्था अस्थिर रहेको जनाएको थियो।
कैयौं थाइ नागरिकहरुले आफ्ना बिरामी राजाको स्वास्थ्यमा सुधार होला कि भनेर लच्छिनको ठानिने गुलाबी रंगका लुगा लगाएर अस्पतालसामु जम्मा भएका थिए।
राजा पूमिपोनको उत्तराधिकारी ६३ वर्षीय युवराज वजिरालंगकोर्न छन्। तर उनी आफ्ना पिता जत्तिकै लोकप्रिय नभएको बताइन्छ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...