माइधारमा डुङ्गा डुब्यो, ८ जनाको शव भेटियो
Advertisement
![]() |
असोज, भद्रपुर । इलामको दानाबारी–९ स्थित माइधारमा आज दिउँसो २ बजे थुप्रै यात्रु सवार एक डुङ्गा डुबेको छ । डुङ्गामा ४० यात्रु रहेको अनुमान गरिएको छ ।
नेपाली काँग्रेस झापाका नेता देउमान थेवेका अनुसार आठ जनाको शव माथि तैरिएकै अवस्थामा भेटिएको छ । अहिले झापाको दोमुखामा साडी, थैली, चप्पल र मोबाइल भेटिँदै गरेका कारण त्यहाँ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानीय पार्टी कार्यकर्ताले निगरानी राखिरहेका छन् । Nepaliheadlines बाट
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...