Advertisement
![]() |
काठमाडौं, २७ असोज — आइसिसी महिला विश्वकप छनोट शृंखला एसिया क्षेत्र अन्तर्गत बिहीवार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ रनले हराएको छ ।
कोलून क्रिकेट क्लबमा भएको खेलमा नेपालले पेश गरेको ७६ रनको लक्ष्यलाई पूरा गर्न नसकी हङकङ जम्मा ६९ रनमा अलआउट भयो ।
करुणा भण्डारीले चार ओभरमा १७ रन दिएर तीन विकेट हासिल पार्दै नेपाललाई विजय दिलाउन योगदान पु-याइन् ।
सीता राना मगरले दुई तथा अन्य तीन बलरले एक एक विकेट हात पारे ।
हङकङका लागि केरी चानले १८, कप्तान मारिको हिलले १३ र कीनु गिलले १० रन बनाए । अन्य ब्याट्स्वुमनले दोहोरो अंक छुन सकेनन् ।
यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ७५ रन बनायो ।
नेपालका लागि करुणा भण्डारीले १९, इन्दु वर्माले १५, ज्योति पाण्डेले ११ र नेरी थापाले १० रन बनाए ।
हङकङेली बलर बेट्टी चानले तीन, कीनु गिलले दुई र मारिको हिलले एक विकेट लिए । दुईजना नेपाली ब्याट्स्वुमन रनआउट भएका थिए ।
ब्याट र बल दुवैबाट राम्रो प्रदर्शन गरेकी करुणा भण्डारी वुमन अफ द म्याच भइन् ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...